काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबको केही समयपछि ऋणको ब्याजदर एकल अंकमा आउने बताएका छन् ।
उनले आज राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘प्रोभिजनिङका कारणले बैंकको नाफा घटेको अवस्था छ। भोलि प्रोभिजनिङको रकम बैंकमा नै फर्किने भएकोले त्यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘अन्य ठाँउमा जस्तो सानो घटनाले बैंकहरु कोल्याप्स भएको सुनिन्छ। तर हामी कहाँ ठूलो दबाब पर्दा पनि बैंकहरु सस्टेन भइरहेको हुन्छन्, नेपाल राष्ट्र बैंकले यसलाई महत्वका साथ हेरेको छ।’


