काठमाडौं । एनआई सी एशिया बैंकको २६औँ साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा साधारणसभा गर्ने निर्णय गरेको हो।
वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेका छन्।
साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर ९३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपेयाँ० र १।५२६३ प्रतिशत नगद लाभांश ९१७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ० लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव बैंकको रहेको छ।
त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने विषयसूची साधारणसभाको छ।


