काठमाडौं ।हिजोदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज डोटीको सिलगढीमा सभा गर्ने भएको छ ।
बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए ।
ब्नलष् न्चयगउ तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।
एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।


