काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बाहेकका दलले देशको विकास नै गर्न नसक्ने दावी गरेका छन् ।
उनले शनिबार बिहान महोत्तरी सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको दाबी गरे।
महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए। उनले सोही आवश्यकताको महसुस गरेर एमालले मिसन २०८४ अभियान सुरु गरेको बताए।


