काठमाडौं । आज दिउँसो नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको लोत्से हलमा बस्न लागेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।
बैठकमा संसदको गतिरोधको विषयमा छलफल भइरहेको छ । संसदको गतिरोधको विकल्पमा संसदीय समिति वा उच्चस्तरीय शक्तिशाली आयोगको प्रस्ताव विकल्पका रूपमा रहेको धारणा केही सांसदले राखेका छन् । कतिपय सांसदहरुले प्रचण्ड नेतृत्वको सरकारले आफूखुसी निर्णयहरु गरेको आरोप लगाएका थिए ।


