काठमाडौं । बुधबार दोहोरो अंकले घटेको नेप्से आज पनि ७.२४ अंकले घटेको छ ।
आज एक सय १२ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ३३ कम्पनीको मूल्य घटेको छ। विहीबार २१ करोड कित्ता सेयर आठ अर्ब १७ करोड ४९ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।
बिहीबार फाइनान्स, हाइड्रोपावर र अन्य समूहबाहेक सबै समूहको सूचक घटेका छन्। कारोबारका आधारमा हिमालययन रिइन्स्योरेन्स १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शिर्ष स्थानमा रहेको छ ।


