काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजार सुधारको ठोस योजना बनाउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग सोमबार भएको भेटवार्ताका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न अध्यक्ष हमाललाई निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।
सेयरबजार विकास र विस्तारको लागि आवश्यक पहलकदमी लिने पनि अर्थमन्त्रीले बताएका छन्।


