काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रचण्ड भारतबाट भैंसी चढेर आए भनेपछि प्रतिनिधिसभाको बैठकमा हंगामा भएको छ।
जेठ १७ देखि २१ गतेसम्मको चार दिने भ्रमणलाई लिएर प्रचण्ड प्रतिपक्षी दलको घेराबन्दीमा परेका छन्। सोमबारको संसद् बैठकमा पनि प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रतिपक्षीहरुले प्रश्न उठाइरहेका छन्।
प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्।
माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए।


