काठमाडौं । आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बिहीबार तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


