काठमाडौं । समसामयिक विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ।
बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीइ कार्यालयमा बस्न लागेको हो। आजको बैठकमा मुख्यगरी फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ।
आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्।


