काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकता विधेयकलाई यही अधिवेशनमा पेस गर्न माग गरेका छन्। उनले बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
‘कयौं नेपालीले अहिले पनि नागरिकता पाएका छैनन्,’ थापाले भने, ‘नेपाली नागरिकता नहुँदा बैंकमा खाता खोल्न नपाउने, लोकसेवाको परीक्षा दिन नपाउने, अन्य महत्वपूर्ण कामबाट उनीहरु वञ्चित भएका छन्।’
थापाले अहिले भएका विमतीहरुलाई थाती राखेर दलहरुका बीचमा जेजे कुरामा सहमति छ, ती विषयलाई समेटेर अबिलम्व पारित गर्ने गरी यही संसदको अधिवेशनमा नाागरिकता सम्बन्धी विधेयक पेस गरिनुपर्ने बताए।


