काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौंको तीनकुनेमामा रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ३१ वर्षीय हर्कबहादुर कठायत पक्राउ परेका छन् ।
जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । ।
आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी उनीहरूले संस्था नै बन्द गरेका थिए । ब्यूरोका अनुसार बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार १२ करोड ३५ लाख ४८ हजार २ सय २ रुपैयाँ बयानब्बे पैसा बचत रकम अपचलन तथा हिनामिना भएको छ ।


