काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रतिबद्ध रहेको बताएका छन्।
उनले सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“देशको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहिआएको छ। कूल लगानीको दुई तिहाई लगानी निजी क्षेत्रबाट भएको छ। उत्पादन र रोजगारी बढाउन साथै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्नका लागि अग्रगामी भूमिका खेल्दै आएको छ”, प्रधानमन्त्री दाहालले भने।
उनले तीनवटै तहका सरकारले पनि आफ्नो योजना तथा नीति तर्जुमा गर्दा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए।


