काठमाडौं । टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । शुक्रबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट पेस गरेका हुन्।
त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय गैर कानुनी र संविधानको भावना विपरीत रहेको दाबी गरेका छन्। टिकटक बन्द गर्ने सरकारको निर्णयबाट संविधान प्रदत्त ‘सूचनाको हक’ र अभिव्यक्ति स्वतन्त्रताको हकको उल्लंघन भएको पनि रिटमा दाबी गरिएको छ।
उनले टिकटक बन्द गर्ने निर्णय विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २०५३ विपरीत रहेको समेत दाबी गरेका छन्।


