काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ को सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
सिंहले आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौँ ।’
समस्या समाधान गर्दा जबरजस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरी, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने ।


