काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले शपथ ग्रहण गरेका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
मंगलबारबाट युनियन, प्राइम र गुराँस लाइफ मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्नेछ । मर्जरसँगै बनेको नयाँ कम्पनीका अध्यक्ष अग्रवालले शपथ ग्रहण लिएका हुन् । उनी साविक युनियन लाइफका अध्यक्ष हुन् ।
त्यस्तै, साविकको प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा, गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त गर्ने निर्णय गरेको छ ।


