काठमाडौं । वायु सेवा निगमको जहाज इजरायलबाट २५० जना नेपाली लिएर नेपाल काठमाडौंका लागि उडेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको थियो । मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।


