काठमाडौं । साताको पहिलो कारोबार लिन आइतबार शेयर बजारमा हरियाली छाएको छ।
आज नेप्से ४५.६९ अंकले बढेर दुई हजार ६४.४५ को विन्दुमा कायम भएको छ। तीन सय २३ कम्पनीको एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयर ७४ हजार नौ सय ९१ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब २५ करोड १० लाख २५ हजारबराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बिमा समूह ४.३८ र निर्जीवन बिमा समूह ३.८१ प्रतिशतले बढेको छ।


