काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ। महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेरै यस्तो माग गरेको हो ।
महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट नेपालमा विदेश भ्रमणमा जाँदा र आफन्तहरूले विदेशबाट पठाउँदा आइरहेको बताइ। त्यस्तै, खुला सिमानाबाट राजश्व छली गरेर प्रति महिना पाँच हजार पाँच सयका दरले नेपालमा आइरहेको महासंघको तथ्यांक छ।
राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे। त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।