काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्लसमेत ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा, अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु वडानम्बर-७ तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी छन् ।
अख्तियारले सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनाको नापी किताबमा गलत विवरण र कार्यसम्पन्न प्रतिवदेन बनाइ बढी रकम भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुविरुद्ध तेह्र लाख बहत्तर हजार तीन सय चालीस रुपैयाँ पैतालीस रुपैयाँ पैसा बिगो कामय गरी सोही अनुसार कैद र जरिवाना माग गरेको छ ।