काठमाडौं । अबदेखि नेपालमै हुण्डाईको भेन्यु कार उत्पादन हुने भएको छ । कोरियाली सवारी उत्पादक हुण्डाईले लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा नेपालमा नै सवारी एसेम्बल सुरु गरेको हो ।
जसको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार शुभारम्भ गरे । नवलपरासीमा आयोजित ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाइने बताए ।


