काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने भएपछि आज पालिकाले सार्वजनिक बिदा दिएको छ ।
दार्मा गाउँपालिका(३ मा रहेको पालिकाको प्रशासकीय भवनको उद्घाटन बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ । गाउँ कार्यपालिकाको बैशाख २२ गते बसेको बैठकले आज बैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


