काठमाडौं । आज पनि शेयर बजारमा उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर दुई हजार २७.५१ विन्दुमा कायम भएको छ।
कारोबारमा आएका ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता सेयर चार अर्ब आठ करोड ८८ लाख ५३ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। कुल २१९ कम्पनीको मूल्य बढ्दा २२ कम्पनीको मात्रै मूल्यमा गिरावट आएको छ।
आज नेप्सेका सबै समूहको सूचकमा वृद्धि भएको छ। हाइड्रोपावर र माइक्रोफाइनान्स समूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन्। विकास बैंक, लगानी, जीवन बिमा, निर्जीवन बिमा र अन्य समूहको सूचक एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूहको सूचक सामान्य वृद्धि भएको छ।
समाज लघुवित्त, उपकार लघुवित्त, युनिक नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त , मानुषी लघुवित्त र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ४.६४ प्रतिशत गुमाएका छन्।


