काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ १० पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा थियो।


