काठमाडौं । एसआई युके ग्लोबलले आगामी असार १५ गते मल्टी डेस्टिनेसन एजुकेसन फेयर गर्र्ने भएको छ। उनले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले यस्तो फेयर गर्न लागेको जनाएको छ ।
एसआई युकेले काठमाडौं पुतलीसडकस्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो बताएको हो । युके, क्यानडा, अस्ट्रेलिया दुबई, आयरल्यान्ड र न्युजल्याण्ड लगाएतका चालीस भन्दाबढी युनिभर्सिटीहरुको प्रत्यक्ष सहभाहितामा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले फेयर गर्न लागेको जानकारी दिएको हो।
एसआई युकेका डाइरेक्टर विनय अधिकारीले नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययन गर्न जान चाहने तर प्रोसेसिङ कसरी गर्ने आफू अध्ययन गर्न जाने देश कस्तो देश हो त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको रुल कस्तो छ, अध्ययन सकेपछि ९एक्ध्० पोस्ट स्टडी वर्क कसरी गर्ने भन्नेबारे कन्फ्युजन देखियो र हामिले त्यसलाई पनि चिर्न र अर्को इन्टेकको तयारीलाईसमेत लक्षित गरि फेयर गर्न लागेको बताए।
उनले भने,” पछिल्लो समय युके अध्ययन जाने कुरामा जुन त्यहा बस्न खान गारो छ, काम पाइदैन, विद्यार्थीहरुको बिचल्ली छ भन्ने भ्रम फैलाइएको छ त्यो सरासर झुट हो। बुझ्दै नबुझी हावाको भरमा जानेबित्तिकै कमाउछु पनि पढ्छु पनि भनेर जानेको हकमा त म भन्न सक्दिन तर अध्ययन मात्र गर्छु त्यहाको डिग्री लिन्छु र अगाडि केही गर्छु भनेर जानेहरुको भबिष्य उज्जल छ। अरुको त म भन्न सक्दिन एस आईयुकेबाट विदेश अध्ययन गर्न जाने र गैसकेका कोहि कसैलाई समस्या छ भने उसको सबै जिम्मा हामी लिन्छौं ।”
डाइरेक्टर अधिकारीले आफ्नो शैक्षिक परामर्श सस्था स्थापनाको १७ बर्षको अनुभवमा आज सम्म आफुले पठाएको विद्यार्थीहरुमा कुनै समस्या नआएको बताए। अ