काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
काठमाडौं । कवाडी ब्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।
मंगलबार कवाडी व्यवसायीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे। प्रदर्शनमा सहभागी व्यवसायी र कवाडी संकलकहरूले महानगरपालिका र मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए। कवाडी संकलन गरेर राख्ने ठाउँहरूमा डोजर चलाएपछि गत फागुनदेखि नै उनीहरूले आन्दोलन सुरु गरेका थिए।