काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरुलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ।
विहीबार महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएका महानगरपालिकाले जनाएको छ।
त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ।
‘