काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ कायम गरिएको छ ।
छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ ।


