काठमाडौं । सूर्यविनायक नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले सूर्यविनायक–८ स्थित डोलेश्वर महादेव मन्दिरलाई विसं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा बिदा दिने निर्णय गरेको हो।
स्थानीयले उक्त दिनलाई पर्वका रुपमा मनाउँदै आएका छन्। अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको एक सूचनामार्फत नगरपालिकाले जनाएको छ।