काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माण गर्दा सत्ता पक्ष प्रतिपक्ष दुवै मिल्नुपर्ने बताएका छन् । उनले शनिबार बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
विकास सवैका लागि भएकोले त्यसमा सत्ता पक्ष र प्रतिपक्ष सबैले मिलेर जानुको विकल्प नभएको उनको भनाइ थियो । उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए।


