काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ भने एक यूरोको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।