काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । यस ‘Dashain 2X Rewards Offer ‘ अर्न्तगत, बैंकका ग्राहकहरुले यहि मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद ९एइक् तथा भ्(अयmmभचअभ० र मोबाइल बैकिङ्गबाट गरेका टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।