काठमाडौं। आजदेखि काठमाडौं महानगरपालिकाले एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारका अनुसार महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यसकेन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।
यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो ।


