काठमाडौं । राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा कायम गरेको छ भने एक यूरोको खरिददर एकसय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा रहेको छ ।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४५ पैसा कायम भएको छ।