काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् ।
उनलाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको हो ।
साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ट भूमिकाको कदरस्वरुप उनलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ।
मञ्चको वार्षिक साधारण सभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उनलाई उक्त सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो।


