काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा र खरीददर १३४ रुपैयाँ २१ पैसा रहेको छ ।
यसैगरी एक युरोको खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ १९ पैसा कायम गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा तोकिएको छ ।
त्यस्तै साउदी अरेबियन रियाल एकको बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ भने खरीददर ३५ रुपैयाँ ७३ पैसा छ ।


