काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।