काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइथबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ भने एक युरोको खरिददर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा कायम गरको छ ।
यसैगरी एक पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ ।


