काठमाडौं । नेपनल चेम्बर अफ कमर्शले कर प्रणालीलाई लगानीमैत्री बनाउन आग्रह गरेको छ ।
चेम्बरले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायसँगको छलफलमा यस्तो आग्रह गरेको हो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए ।
उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ ।’


