काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ भने एक युरोको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा तोकेको छ ।
यसैगरी मंगलबारका लागि एक पाउण्ड स्टर्लिङको खरिददर १७३ रुपैयाँ ५५ र बिक्रीदर १७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।


