काठमाडौं । । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार परिवर्तनबारे चलेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । उनले शनिबार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रष्टीकरण दिएका हुन् ।
उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशङ्का उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए । उनले भने, ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम भए पनि अब त्यस्तो नहुने जिकिर गरे ।


