काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् ।
यसका लागि डा. दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिमा दीपकराज सापकोटा, डा. सुनिता मलेकु, डा।.मेरिना श्रेष्ठ, डा. अरुण कुँवर सदस्य छन् । ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि सदस्य छन् भने मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।
समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषयमा सुझाव दिनेछ ।