काठमाडौं । नक्सापास प्रकरणमा अनियमितिा गरेको पाइएपछि काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेको छ । उनलाई पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि निलम्बन गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न मेयरको नेतृत्वमा टोली बनाइने भएको छ ।
महानगरका अनुसार, अन्डरग्राउन्ड दुई तलासहित १२ तलाको नक्सा पास भइसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नियमविपरीत १९ तलाको नक्सा पास गर्न अनुमति दिएको पाइएको छ ।


