काठमाडौं । मंगलबार शेयर बजारमा झिनो अंकले बढेको छ । आज २.९५ अंकले बढेको हो ।
आज ३१८ स्क्रिप्सको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब बढिको सेयर कारोबार भएको थियो।
आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.०९,गुराँस लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले बढेको हो।
यसदिन कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।


