काठमाडौं । आइतबार नेप्सेमा १३ अंकले गिरावट आएको छ ।
आज ३१९ कम्पनीका ९१ लाख ८० हजार ७१८ कित्ता शेयर ५७ हजार ८६३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै विकास बैंक समूह २ दशमलव ०५ र वित्त समूह १ दशमलव ४९ प्रतिशतले घटेको छ।


