काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त गरेका छन् ।
उनले बुधबार डा। बलबहादुर पराजुली र लक्ष्मण केसीलाई सञ्चालक सदस्यमा नियुक्त गरेका हुन् ।
मंगलबार मात्रै सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएको थियो ।
पेसाले दुवैजना इन्जिनियर हुन् ।


