काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो।
आज ३१० स्क्रिप्सको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भयो।
दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।
गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर ७.३२,प्रभु बैंकको ५.८६ र कुथेली बुखारी स्माल हाइड्रोपावरको ५.०५ प्रतिशतले बढ्यो।
आज पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।


