काठमाडौं । डोनाल्ड ट्रम्पलेअमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार सपथ लिएका छन् ।
सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने, ‘आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भयो । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म साफसँग भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताएका छन् ।
राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् ।