काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकासका लागि सरकार निजी क्षेत्र मिलेर वातावरण निर्माण गरिदिनुपर्ने बताएका छन्
।
नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने ुनेपालमा स्टार्टअप र साना तथा मझौला सम्मलेनुमा आफ्नो धारणा राख्दै यस्तो बताएका छन् । अध्यक्ष ढकालले अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको सन्दर्भमा देशको आर्थिक उन्नतिका लागि उद्यमशीलता प्रवर्द्धन, लघुघरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा केन्द्रित हुनुपर्ने बताए ।


