काठमाडौं । आइतबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।


